Skip to main content

हजार आँखा यी आँखामा (Hazaar Aankhaa Yee Aankhaama)

Sort Name
Hazaar Aankhaa Yee Aankhaama
Type
Poem
Language
Nepali
Ratings
No reviews

Wikipedia

हजार आँखा यी आँखामा कवि तथा गीतकार सुमन पोखरेलद्वारा लिखित गीतहरूको एउटा सङ्ग्रह हो । यस सङ्ग्रहमा बैसठ्ठी वटा आधुनिक नेपाली गीतहरू सङ्ग्रहित रहेका छन् ।

यस सङ्ग्रहमा समाविष्ट गीतहरू विभिन्न सङ्गीतकारहरूद्वारा सङ्गीतबद्ध भई विभिन्न गायकहरूले गाएका छन् ।

यस सङ्ग्रहका गीतहरू साङ्गीतिक तथा काव्यिक विशेषताका कारणले विशिष्ट मानिएका छन् । कथाकार परशु प्रधानले पोखरेलको गीत सङ्ग्रह हजार आँखा यी आँखामाको प्रकाशकीयमा लेखेका छन्, "सुमनका कविताहरू ओखर जस्ता पनि छन् । तर यसभित्रका गीतहरू भने ललिपप लाग्छन् । यी गीतहरूमा कोमल र सरल अनुभूतिहरूले कल्पनाको आकाशमा राम्ररी उडान भर्न पाएका छन् । ... सुमन पोखरेलका गीतहरू साहित्यिक गीत हुन् र यिनका साहित्यिक मूल्य उल्लेखनीय छन् ।" पोखरेलका गीतबारे कवि कृष्णभूषण बलले आफ्नो भनाइ यसरी व्यक्त गरेका छन्- 'गीतको बोटमा फुलेको फूलको नाम नै सुमन पोखरेल हो ।' कवि तथा गीतकार दिनेश अधिकारीले हजार आँखा यी आँखामा पोखरेलको आगमनलाई 'तपाईँ मनबाट गीतको दुनियाँमा आउनु भएको छ । म, अलि अगाडिदेखि यो दुनियाँ भोगिरहेछु । तपाईँको आगमन त्यसैले पनि मलाई प्यारो लागिरहेछ, न्यानो लागिरहेछ । म तपाईँलाई गीतको यो दुनियाँमा स्वागत गर्छु। तपाईँको यो आगमनलाई मैले आफ्नै अर्थमा ग्रहण गरेको छु । तपाईँ आउनु भएकोले- आफू आएको अवस्थालाई सार्थक ठानिरहेको छु।' भनेर स्वागत गरेका छन् । आफ्ना मनका भावनाहरू माया र प्रणयका स्वरहरूमा सुरुचिपूर्ण ढङ्गले व्यक्त गर्ने कवि सुमनका सम्प्रेषणीय भावनाहरूप्रति पूर्ण सहमत हुँदै साहित्यकार शिव रेग्मी भन्छन्,-"हजार आँखा यी आँखामाभित्रका एकसट्ठी गीतहरू नेपाली गीति फाँटका एकसट्ठी सुन्दर गेय फूलहरू हुन् जसले हाम्रो इतिहासमा नयाँ मोडहरूको उद्घाटन गर्ने छन् ।

Continue reading at Wikipedia... Wikipedia content provided under the terms of the Creative Commons BY-SA license

Editions

NameFormatISBNRelease Date
हजार आँखा यी आँखामा (Hazaar Aankhaa Yee Aankhaamaa)Paperback99933-656-3-72003
Add Edition

Identifiers

OpenLibrary Work ID
OL1077239W
Wikidata Work ID
Q18348793

Related Collections

This entity does not appear in any public collection.
Click the "Add to collection" button below to add it to an existing collection or create a new one.

Reviews No reviews

No reviews yet.


Last Modified
2020-03-25